१ कार्तिक २०८३, आइतबार

संविधान नबन्दासम्म अहिलेकै सरकारः ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-oli

काठमाडौँ, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान निर्माणले पूर्णता नपाउँदासम्म वर्तमान सरकारलेनै निरन्तरता पाउने बताउनु भएको छ । एमालेद्धारा सोमबार राजधानीमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

कहिले सहमतिमा आउन खोज्ने, कहिले निहुँ खोजेर हिंँड्ने प्रवृत्ति राखेर विपक्षी दलले समय अल्मल्यई संविधानसभालाई पुनः असफल बनाउने षड्यन्त्र गरेको भए त्यसलाई कुनै हालतमा पनि सफल हुन नदिने उहाँको भनाई थियो । उहाँले जातीय आधारमा राज्यको पुनःसंरचनाको मान्यतालाई अनुमोदन नगरिने पनि स्पष्ट पार्नुभयो । पूर्वप्रतिबद्धता अनुसार माघ ८ मा संविधान ल्याउन सम्भव नभए पनि अब धेरै समय खर्च नगरी संविधान ल्याउन आफूहरू क्रियाशील रहेको बताउँदै उहाँले आफ्ना सभासद् र कार्यकर्तालाई जातीय सद्भाव खल्बल्याउने कुनै पनि भड्काउमा नउचालिन आग्रह गर्नुभयो ।

?????????????????????????????????????????????????????

कार्यक्रममा वरिष्ठ तेता झलनाथ खानालले उत्तर–दक्षिण र जलाधार क्षेत्रका आधारमा राज्य पुनःसंरचना हुनुपर्ने बताउनुभयो । नेता खनालले विगतमा एमालेले १४ प्रदेशसम्म जाने अपरिपक्व निर्णय गरेको भए पनि अहिले सात प्रदेशको अवधारणामा आएको र सहमतिको लागि यसमा केही परिमार्जन गर्न सकिने उल्लेख गर्नु भयो । उहाले थप्नुभयो, “जुन जाति देख्यो उसैलाई राज्य दिन्छु भन्ने सोचले राष्ट्र अघि बढ्न सक्दैन, पृथ्वीनारयण शाहले राष्ट्रनिर्माण गरिसकेका छन्, यसलाई छिन्नभिन्न पार्न दिनु हुँदैन ।”

एमालेका अर्का नेता माधवकुमार नेपालले एमाओवादी र मधेस केन्द्रित दलको ढिपीका कारण समयमा संविधान आउन नसकेको बताउनु भयो । उहाले अल्पमतले बहुमतलाई बन्धक बनाउने कार्य भइरहेको पनि आरोप लगाउनुभयो । “एमाओवादी र मधेसवादीमा अझै उग्रवादी र जातीय भड्काउवादी सोचको अन्त्य हुन नसकेका कारण सहमतिमा समस्या आएको छ, अब सहमति नभए प्रक्रियामा जान ढिलो गर्नु हुँदैन ।”

कार्यक्रममा एमालेका अधिकांश शिर्षनेताहरुको उपस्थिति रहेको थियो ।