२९ आश्विन २०८३, बिहिबार

जगदम्बा उद्योगमा आगलागी, करोडौँको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aago

पर्सा, ५ माघ । वीरगन्ज पथलैया औद्योगिक क्षेत्रस्थित सिमरामा रहेको जगदम्बा उद्योगमा सोमबार बिहान आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

बिहान करिब ३ बजेतिर उद्योगको एसआरएम प्लान्टमा आगलागी भएको हो । विद्युत् सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति व्यापक भएको जगदम्बा उद्योगका प्रशासकीय अधिकृत कुन्दन ढकालले जानकारी दिनुभयो । उहाँले उद्योगको महत्वपूर्ण प्लान्टमा आगलागी भएका कारण रु एक करोडभन्दा बढी नै क्षति भएको उल्लेख गर्नु भयो ।

आगलागीमा परी उद्योगको कुलिङ बेड, तीसवटा मोटर, बिजुलीका केबल तथा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ जलेर खरानी भएको प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।

आगलागीबाट कारण आज बिहानबाट उद्योगको उत्पादनमा पनि अवरुद्ध भएको ढकालले बताउनुभयो । आगो इलाका प्रहरी कार्यालय सिमरा, वीरगन्ज उपमहानगरपालिकाको बारुण यन्त्र तथा नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्ज बारुण यन्त्रको सहयोगमा करिब ४ः३० बजे मात्रै आगो नियन्त्रणमा आएको जगदम्बा उधोगले जनाएको छ ।