१ कार्तिक २०८३, आइतबार

मधेसी बलिदानी दिवस खल्लो, मधेसी नेताले सम्झेनन् जनताको बलिदानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi-Leaders-Senior

गोलबजार (सिरहा), ५ माघ । आठौँ मधेसी बलिदानी दिवस खल्लो भएको छ । मधेसी जनअधिकार फोरम नेपालबाहेकका दलहरुले बलिदानी दिवस मनाएनन् ।

लहानस्थित मधेस आन्दोलनको पहिलो सहिद रमेश महतोको सालिकमा फोरम अध्यक्ष उपेन्द्र यादवलेलगायत उहाँकै पार्टीका नेताहरुले आज माल्यार्पण गर्नुभएको छ ।

माल्यार्पणपछि लहानस्थित राजमार्गमा फोरम नेपालका अध्यक्ष यादवको नेतृत्वमा जुलुस निकालिएको छ । अन्य वर्षहरुमा हजारौँ मधेसी जनता आजको दिन बलिदानी दिवस मनाउन आउँथ्यो । तर उपेन्द्रको जुलुसमा पनि मुस्किलले १०० नेता तथा कार्यकर्ताको उपस्थिति देखियो ।

विसं २०६३ मा फोरम अध्यक्ष उपेन्द्र यादवले काठमाडौँमा अन्तरिम संविधान जलाउँदा लहानमा गरिएको राजमार्ग अवरुद्ध गर्दा माओवादी कार्यकर्तासँग भएको झडपमा गोली चल्दा रमेश महतो मारिनु भएको थियो ।

त्यसपछि चर्केको मधेस आन्दोलनका क्रममा मधेसभर कुल ५४ जनाले सहादत प्राप्त गरेका थिए । रासस