८ कार्तिक २०८३, आइतबार

राजधानीमा आज एमालेको बृहत कार्यकर्ता भेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौं, ५ माघ । देशकै दोस्रो ठूलो दल नेकपा एमालेले आज काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्दैछ ।

गत १८ पुसदेखि झापादेखि कञ्चनपुरसम्मका विभिन्न प्रमुख शहर तथा जिल्लाहरुमा भेला आयोजना गरिसकेको एमालेले आज काठमाडौंमा बृहत भेला गर्न लागेको हो ।

प्रज्ञाभवन कमलादीमा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपप्रधानमन्त्री बामदेव गौतम र महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

संविधान लेखनमा उत्पन्न जटिलता र त्यसमा पार्टीको स्पष्ट धारणा राख्नन एमालेले बृहत कार्यकर्ता भेला आयोजना गरेको हो ।

एमालेका लागि सरकार र अन्य विषय भन्दा पनि संविधान निर्माण मुख्य कुरा हो भन्ने सन्देश कार्यकर्ता पंक्तिसम्मै पुर्याउनका लागि भेला आयोजना गरिएको एमाले केन्द्रीय सदस्य सूर्य थापाले दैनिक नेपाल डटकमलाई जानकारी दिनुभयो ।