८ कार्तिक २०८३, आइतबार

एकाबिहानै निर्णायक वार्तामा जुटे केपी र प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Prachanda

काठमाडौं, ५ माघ ।
सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी ओली र प्रमुख विपक्षी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकाबिहानै वार्ता थालेका छन् ।

एकैदिनको प्रयासबाट दलहरु सहमति नजिक पुगेपछि सोमबार बिहानै ओली र प्रचण्डवीच बानेश्वरमा छलफल भएको हो । अन्य दलका नेताहरुले ओली र प्रचण्ड मिले आफूहरु पनि मिल्न तयार भएको भन्दै दबाबपछि दुई नेताबीच वार्ता भएको हो । संविधान निर्माणमा पछिल्लोपटक ओलीले सत्तासाझेदारका तर्फबाट चट्टानी अडान देखाएका छन् भने प्रचण्डले मधेसी र आदिवासी, जनजातिसँग मोर्चाबन्दी गरी सडक र सदन तताइरहेका छन् । यसकारण पनि आजको वार्तालाई निर्णायक वार्ताको रुपमा हेरिएको छ ।

ओली र प्रचण्डको वार्ता लगत्तै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा चार दलका शीर्ष नेताहरुवीच निर्णायक वार्ता गर्ने तयारी छ ।

आइतबार विभिन्न चरणमा भएका छलफल र वार्ताहरुमा संघीयता र शासकीय स्वरुपलगायतका विषयमा दलहरु सहमतिको नजिक देखिउका छन् । आजको छलफलले विवादित बिषयहरुलाई टुंगो लगाउनेमा धेरै आशावादी छन् ।