काठमाडौँ, ५ माघ । संविधानसभा–व्यवस्थापिका–संसद् कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ । बिहान ११ः३० बजे संविधानसभा भवन नयाँबानेश्वरमा बैठक बस्न लागेको हो ।
आज दिउँसो १ बजे बस्ने संविधानसभाको बैठकको कार्यसूचीका साथै उक्त समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाउने, प्रश्नावली समिति गठन गर्नेलगायत विषयमा परामर्श समितिको बैठक केन्द्रित रहने बताइएको छ । राजनीतिक–संवाद तथा सहमति समितिको छैटौँ प्रतिवेदनमाथिको छलफल भने आइतबारै सकिएको छ ।
















प्रतिक्रिया