काठमाडौँ, ४ माघ । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । नेदरल्यान्डस्लाई दुई विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो ।
प्रतियोगिताअन्तर्गत नामिवियाको राजधानी भिन्टहकमा आज भएको रोमाञ्चपूर्ण उक्त खेलमा नेपालले ४९.३ ओभरमा १५९ रन बनाएको थियो भने नेदरल्यानडस्ले ४९.५ ओभरमा १५८ रन जोडेको थियो ।
तीन बल बाँकी रहँदा प्रतिद्वन्द्वी नेदरल्यान्डस्ले दिएको चुनौती पूरा गर्दै नेपालले कठिन जित हात पारेको हो ।
















प्रतिक्रिया