८ कार्तिक २०८३, आइतबार

प्रहरीसँग राप्रपा नेपालका कार्यकर्ताको झडप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । हिन्दू राज्यको मागसहित संविधानसभा घेराउ गर्न पुगेका राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच निषेधित क्षेत्रमा झडप भएको छ ।

आज दिउँसो संविधानसभा भवन नयाँ बानेश्वरमा घेराउ गर्न दलबलसहित पुगेका राप्रपा नेपालका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको जनाएको छ ।

निषेधित क्षेत्र प्रवेशमा रोक लगाएपछि प्रहरी र राप्रपा नेपालका कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा पाँच जना प्रदर्शनकारी सामान्य घाइते भएको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

हिन्दू राज्यको माग गर्दै आएको राप्रपा नेपालले नयाँ संविधानका विवादित विषयहरुमा जनमत संग्रहको माग गर्दै आएको छ ।