१ कार्तिक २०८३, आइतबार

अंशको विषयमा आफ्नै छोराले वृद्ध बाबुलाई कुटपिट गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, ४ माघ । अंशको विषयलाई लिएर एकापसमा भनाभन हुँदा आफ्नै छोराले वृद्ध बाबुलाई कुटपिट गरी घाइते बनाएका छन् ।

घाइते हुनेमा इलाम सोयाङ–६ सञ्जेल गाउँ निवासी ७२ वर्षीय खगेश्वर चापागार्इं छन् ।

उनलाई दुई दिनअघि साँझको समयमा अंशका विषयमा भनाभन हुँदा ३५ वर्षीय छोरा दिलनाथले कुटपिट गर्दा ढाड, नली खुट्टा, हातमा चोट लागेर जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ ।

अभियुक्त दिलनाथलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको जिल्ला पहरी कार्यालय इलामले जनाएको छ ।

स्टोरमा चोरी

इलाम नगरापलिका–२ स्थित सिवाकोटी स्टोरमा चोरी भएको छ । तीन/चार दिनअघि पसलमा जम्मा भएको पैसा गनेर राखिएको गल्लाबाट रु डेढ लाखभन्दा बढी चोरी भएको हो ।

सिवाकोटी स्टोरका मालिक श्याम सिवाकोटीले किराना पसलमा जम्मा भएको पैसा गल्लामा गनेर राख्नुभएको थियो ।

बिहीबार दिउँसो भएको चोरीबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।