१ कार्तिक २०८३, आइतबार

क्षमताभन्दा बढी कैदीबन्दीको मानवाधिकार असन्तोषजनक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ४ माघ । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दी र कारागारको भौतिक अवस्थाबारे शनिबार अध्ययन गरेको छ ।

टोलीले कैदीबन्दीको मानवअधिकारको अवस्था र भौतिक संरचनाबारे अध्ययन गरेको इन्सेक कञ्चनपुरका जिल्ला सहजकर्ता कोमलनिरञ्जन भाटले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोगका सदस्य सुदीप पाठकलगायत पदाधिकारीको टोलीले अनुगमन गरेको हो ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी मानवअधिकारको अवस्था सन्तोषजनक नरहेको सदस्य पाठकले बताउनुभयो ।

कारागारको भौतिक अवस्था सुधारका लागिसमेत सरकारलाई निर्देशन दिइने जनाइएको छ ।