१ कार्तिक २०८३, आइतबार

तिलोत्तमालाई नमुना नगरपालिका बनाउन आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ४ माघ । नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले संविधान निर्माणका लागि संविधानसभाभित्रै छलफल गरी समाधान गर्नुपर्ने बताउनुभएको छ ।

तिलोत्तमा व्यापार सङ्घ सचिवालयको शनिबार मणिग्राममा उद्घाटन गर्दै उहाँले संविधान निर्माण क्रममा नमिलेका विषयमा ‘नोट अफ डिसेन्ट’ लेखेर अघि बढ्न एमाओवादीलाई आग्रह गर्नुभयो ।

उहाँले तिलोत्तमालाई देशकै नमुना नगरपालिका बनाउने दिशामा अघि बढ्न व्यवसायीलाई आग्रह गर्दै देवदह, लुम्बिनी, पाल्पाजस्ता पर्यटकीय क्षेत्रको विकासमा सबैको सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।