१ कार्तिक २०८३, आइतबार

एमाओवादी नेतृत्वको मोर्चालाई संविधानसभाबाट बाहिर ल्याउँछौैँ : महासचिव थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rambahadur-badal1

काठमाडौँ, ३ माघ । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले एकीकृत नेकपा (माओवादी) नेतृत्वको मोर्चालाई संविधानसभाबाट बाहिर ल्याउने प्रयासमा आफूहरु लागिरहेको बताउनुभएको छ ।

पार्टीका उपत्यकाका अगुवा कार्यकर्तालाई कुपन्डोलस्थित माओवादी जनवर्गीय सङ्गठनको कार्यालयमा प्रशिक्षण दिँदै उहाँले सत्तारुढ दलहरुले एमाओवादीको मोर्चालाई पेलेर संविधान लेख्ने तयारी गरिरहेकाले उनीहरु भूमिकाविहीन अवस्थामा संविधानसभामा बस्नुको विकल्प नरहेको धारणा राख्नुभयो ।

कतिपय विषयमा अन्तरविरोध रहे पनि तत्कालीन कार्यनीतिका रुपमा मोर्चासँग सहकार्य गरी माघ ६ गतेदेखि संयुक्त रुपमा आन्दोलन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।