१ कार्तिक २०८३, आइतबार

घरबाट हराएकी बालिकाको शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३ माघ । रौतहटको टेंग्राहा गाविसमा प्रहरीले आज एक बालिकाको शव फेला पारेको छ ।

केही दिनदेखि घरबाट अचानक हराएकी ती बालिकाको शव गाउँदेखि दक्षिणमा रहेको उखुबारीमा शव फेला परेको हो ।

शव स्थानीय टेंग्राहा गाविस–७ बस्ने मनोज साहको चार वर्षीया छोरी रुवी कुमारीको रहेको प्रहरीले जनाएको छ ।

घरबाट गायब भएको जानकारीपछि खोजतलास गर्ने क्रममा ती बालिकाको शव क्षत्विक्षत् अवस्थामा फेला परेको र शवको प्रकृति हेर्दा स्यालले टोकेको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।

उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस