काठमाडौँ, ३ माघ । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले निर्धारित मितिमै संविधान जारी गर्न दबाबस्वरुप शनिवार राजधानीमा अर्धनग्न जुलुस प्रदर्शन गरेको छ ।
शरीरमा आधामात्र कपडा लगाएका युवाहरुले माघ ८ मै संविधान जारी गर्न खबरदारीसहित अर्धनग्न जुलुस निकालेका हुन् । जुलुसका सहभागीहरुले जनताको अभिमतको सम्मान गर, जातीय राज्य चाहिँदैन, देश टुक्र्याउन पाइँदैन, ६०१ खबरदारलगायतका नारा लगाएका थिए ।
संंघको कार्यालय बिजुलीबजारबाट निस्केको जुलुस नयाँ बानेश्वरस्थित संबिधानसभा भवन अगाडि पु्गेर सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै संघका महासचिव राजीव पहारीले दलहरुले आफ्नो घोषणापत्रमा माघ ८ मै संविधान जारी गर्छु भनी गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो । एनेकपा—माओवादी र मधेसीबादी दलहरुले जनताको जनमतलाई कुल्चिन खोजेको उहाँको आरोप थियो । महासचिव पहारीले जनताले दिएको जनमतलाई कदर गर्दै नेपाली काँग्रेस र नेकपा—एमालेले सहमति सफल नभए प्रक्रियाबाटै भए पनि संविधान जारी गर्नुपर्ने बताउनुभयो ।
तस्वीरहरुः रासस
तस्वीरहरुः रासस



















प्रतिक्रिया