२९ आश्विन २०८३, बिहिबार

ब्याडमिन्टन क्याम्पमा पचास जना सहभागी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Badminton-mainकाठमाडौं, ३ माघ । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान र राष्ट्रिय विद्यालय ब्याडमिन्टन महासंघको संयुक्त आयोजनामा प्रथम ब्याडमिन्टन विन्टर क्याम्प सुरु भएको छ ।

स्कुलका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको क्याम्पमा ५० जना सहभागी छन् ।

आयोजक प्रतिष्ठानका कार्यकारी निर्देशक डा. प्रकाश प्रधान र एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले क्याम्पको संयुक्त रुपमा उद्घाटन गरे । क्याम्प माघ २४ गतेसम्म चल्नेछ ।

यसैबीच प्रतिष्ठानले आयोजना गरेको किड्स क्रिकेट विन्टर कोचिङ क्याम्प शुक्रबारै सम्पन्न भएको छ ।

दुई सातासम्म चलेको क्याम्पमा ३० जना सहभागी थिए । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य देव लामाले प्रमाणपत्र प्रदान गरे ।