२९ आश्विन २०८३, बिहिबार

अस्करको अन्तिम सूची सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1लस एन्जलस । ८७ औं एकेडेमी अवार्ड (अस्कार)को अन्तिम सूची सार्वजनिक गरिएको छ ।

बिहीबार सार्वजनिक सूचीमा अन्तिम प्रतिस्पर्धी चलचित्रहरुको चयन गरिएको छ ।

सार्वजनिक सूचीमा ‘बर्डम्यान’ तथा ‘द ग्रयाण्ड बुडापेस्ट होटल’ सर्वाधिक ९–९ विधामा आफूलाई अटाउन सफल भएका छन् ।

‘द ग्राण्ड बुडापेष्ट होटेल’ वेष्ट पिक्चर, वेष्ट सिनेम्याटोग्राफी, बेष्ट डाइरेक्टर, बेष्ट मेकअप, बेष्ट ओरिजिनल स्कोर, बेष्ट कष्ट्युम डिजाइन, बेष्ट चलचित्र एडिटिङ र बेष्ट प्रोडक्सन डिजाइन विधाको मनोनयनमा परेको छ भने बर्डमेन’ चाहीँ बेष्ट पिक्चर, एक्टर, सर्पोटिङ एक्टर, सर्पोटिङ अभिनेत्री ,सिनेमाटोग्राफी, डाइरेक्टर र साउण्ड मिक्सिङको मनोनयनमा परेको छ ।

एकेडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्स (अस्कर) अवार्डका तर्फबाट निर्देशक जेजे अब्राम्स, ‘इन्टु द वुड्स’ चलचित्र कलाकार क्रिस पाइन र अस्कर अवार्डकी प्रतिनिधि सेरिल बुन इसाक्सले संयुक्त रुपमा मनोनयन घोषणा गरेका हुन् ।

स्पर्धामा समीक्षकहरुद्वारा रुचाइएका चलचित्रहरु नै मनोनयन परेका छन् । गोल्डेन ग्लोब, स्क्रिरन एक्टर्स गिल्ड अवार्डमा देखिएका चलचित्रहरुले नै यसमा पनि हावी भएका छन् ।

सार्वजनिक गरिएको सूचीमा उत्कृष्ट चलचित्रको लागि अमेरिकन स्नाइपर, बर्डम्यान, द ग्रयान्ड बुडापेस्ट होटल, द इमोटेसन गेम, सेलमा तथा ह्विपल्यास बिच प्रतिसप्रर्धा रहने भएको छ ।

त्यस्तै उत्कृष्ट अभिनेताको अवार्डका लागि स्टीव कैरेल (फक्याचर), ब्राड्ले कुपर (अमेरिकन स्नाइपर), बेनेडिक्ट बेन्डरब्याच (द इमिटेसन गेम), माइकल किटन (बर्डम्यान) तथा एडी रेडमायेन (द थियोरी अफ एभ्रिथिङ) पर्दा उत्कृष्ट अभिनेत्रीमा मेरियन कोटिलार्ड (टि डेज, वान नाइट), फेलिसिटी जोन्स ( द थियोरी अफ एभ्रिथिङ), जिलियन मुर (स्टिल एलिस), रोजमन्ड पिके (गन गर्ल) तथा रिज ब्रिहदरस्पून (वाइल्ड) बिच दहे स्पर्धा देखिएको छ । अभिनेत्री तर्फ भने ‘टु डेज, वन नाइट’ चलचित्रबाट मेरिअन कोटिलार्ड, ‘द थ्योरी अफ एभ्रिथिङ’बाट फेलिसिटी जोन्स, ‘स्टिल एलिस’बाट जुलियाने मूर, ‘गोन गर्ल’बाट रोजामन्ड पाइक, ‘वाइल्ड’बाट रिजी विदरस्पुनबीच कसले जित्ने होड देखिएको छ ।

यसैगरी सर्वोत्कृष्ट विदेशी भाषाका चलचित्रको सूचीमा पोल्यान्डबाट ‘इदा’, रुसबाट ‘लेभियाथान’, इस्टोनियाबाट ‘ट्याङग्रिन्स’, मौरिटानियाबाट ‘टिम्बक्टु’ र अर्जेन्टिनाबाट ‘वाइल्ड टेल्स’ पर्दा ‘बर्डम्यान’का एलेजान्द्रो इनारिटु, ‘ब्वाईहुड’बाट रिचार्ड लिङकलेटर, ‘फक्सक्याचर’बाट बेनेट मिलर, ‘द ग्रान्ड बुडापेस्ट होटल’बाट वेस एन्डरसन, ‘द इमिटेसन गेम’बाट मोर्टेन टिल्डम उत्कृष्ट निर्देशकको सुचिका लागी चुनिएका छन् ।

ओरिजनल स्क्रिनप्लेमा ‘ब्वाईहुड’, ‘बर्डम्यान’, ‘फक्सक्याचर’, ‘द ग्रान्ड बुडापेस्ट होटल’, ‘नाइटक्राउलर’ प्रतिस्पर्धामा छन् भने एडप्टेड स्क्रिनप्ले विधामा ‘अमेरिकन स्नाइपर’, ‘द इमिटेसन गेम’, ‘इनहेरेन्ट भाइस’, ‘द थ्योरी अफ इभ्रिथिङ’ र ‘ह्विपल्यास’ छानिएका छन् ।

निमेसनतर्फ ‘बिग हिरो ६’, ‘द बक्सट्रल्स’, ‘हाउ टु ट्रेन योर डयगन २’, ‘सङ अफ द सी’ र ‘द टेल अफ प्रिन्सेस कागुया’ आएका छन् ।

आगामी २२ फेब्रुअरीमा डब्लीथिएटर, हलिउड, लस एन्जल्समा एक समारोहका वीच यी सबै बिधाका उत्कृष्ट घोषणा गरिने छ ।

अस्कारमा नेपाल र छिमेकी मुलुक भारत चलचित्र कुनैपनि बिधामा अटाउन सकेन ।

अस्कर बिश्वको चलचित्र सम्बन्धी सबैभन्दा ठूलो पुरस्कार हो ।