काठमाडौं, ३ माघ । संविधान जारी गर्ने समयसीमा नजिकिँदै गरेका बेला राष्ट्रपति डा.रामवरण यादवले पनि सक्रियता देखाएका छन् ।
डा.यादवले सहमतिबाट संविधान जारी गर्नुपर्ने भन्दै दलका नेताहरूलाई घचघच्याउने गरेका छन् ।
यसै क्रममा उनले सत्तारुढ र विपक्षी दलहरूसँग आज परामर्श गर्दैछन् ।
छलफलका लागि राष्ट्रपति डा.यादवले कांग्रेस, एमाले, एमाओवादी, मधेसी मोर्चालगायतलाई बोलाएका छन् ।
डा.यादवले चार बजे कांग्रेस र एमाले तथा छ बजे एमाओवादी र मधेसी मोर्चाका नेताहरूलाई शीतल निवास बोलाएको स्रोतले जनाएको छ ।
यसअघि प्रधानमन्त्री सुशील कोइराला, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेमवाङ, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतसँग
परामर्श गरेका डा.यादवले सकेसम्म सहमतिमा संविधान जारी गर्न आग्रह गर्दै आएका छन् ।















प्रतिक्रिया