१ कार्तिक २०८३, आइतबार

राप्ती पार गराउन बालीघरे प्रथा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapti Nadi Dang

तुलसीपुर (दाङ), ३ माघ । कपडा सिलाए तथा फलामको भाँडा बनाएबापत वर्षौँदेखि प्रचलित बालीघरे प्रथा पछिल्ला वर्षमा जिल्लामा कतै छिट्पुट रुपमा रहे पनि डुङ्गासम्बन्धी बालीघरेप्रथा भने अझै कायम छ ।

सो चलनअनुसार विशेष गरेर दाङको देउखुरी क्षेत्रमा नदी वारपार गराएबापत स्थानीय बोटे समुदायका मानिसलाई बाली बुझाउने गरिन्छ ।

देउखुरी क्षेत्रमा पर्ने राप्ती नदीमा पर्याप्त मात्रामा पुल नभएका कारण ठाउ ठाउँमा स्थानीयवासीले बालिघरे प्रथा चलाएका छन् ।

नदी वारपार गराएबापत यामअनुसार धान, मकै गहुँ, जौ आदि दिने गरिएको सतबरिया–८ का सीता चौधरीले बताउनुभयो ।

“गाउँलेसँग बाली उठाउँछु घर परिवारलाई त्यही आम्दानीबाट चलाउँछु”सतबरिया–८ का बोटे शिव चौधरीले भन्नुभयो ।

सो घाटबाट उहाँ सतबरिया, रिहार पैते, तथा राजपुर गाविसका गङ्गदी, सालभौरी, गङ्गदीखोला किनारमा बस्ने गाउँलेलाई नदी वारपार गराउनुहुन्छ ।

बाहिरी गाउँबाट आउने मानिसलाई भने नदी वारपार गराएबापत प्रतिव्यक्ति रु १० लिइने चौधरीले जानकारी दिनुभयो । उक्त घाटबाट दैनिक आधा दर्जन गाउँका करिब दुई हजार ५०० मानिस नदी वारपार गर्छन् ।