पथरी, ३ माघ । मोरङका किसानले क्षतिपूर्ति कम व्यहोर्नुपरोस् भनेर सरकारले सुरु गरेको पशु बिमा कार्यक्रम मोरङमा कार्यन्वयनमा आउन थालेको छ ।
जिल्ला पशुसेवा कार्यालयका अनुसार कार्यक्रम सञ्चालनपछि कृषकको आकर्षण बढेको छ ।
विभिन्न रोगका कारण मरेका पशुको ९० प्रतिशत बिमा रकम क्षतिपूर्तिबापत पाउन थालेपछि कृषकको पशु बिमातर्फ आकर्षण बढ्न थालेको कार्यालयका पशु विकास अधिकृत डा गङ्गाराम यादवले बताउनुभयो ।
गत आवदेखि सुरु भएको सो कार्यक्रमअन्तर्गत मोरङमा नेपाल लाइफइन्स्योरेन्स कम्पनी, प्राइम इन्स्योरेन्सलगायत बिमा कम्पनीले सेवा दिइरहेको कार्यालयले जनाएको छ ।
सरकारले स्थानीय जातका पशुमा तीन प्रतिशत, वर्णशङ्करमा चार प्रतिशत र उन्नत जातको पशुमा पाँच प्रतिशत प्रिमियम र त्यसको ५० प्रतिशत रकम अनुदानस्वरूप कृषकलाई दिने गरेको छ ।















प्रतिक्रिया