८ कार्तिक २०८३, आइतबार

प्रमुख दलहरूबीचको छलफल यथावत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neta-Haru-Meetingकाठमाडौँ, ३ माघ । मधेसी मोर्चासहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।

नयाँ संविधान एक वर्षभित्र जारी गर्ने भनी एक वर्षअघि जनतासँग प्रतिबद्धता जनाएका प्रमुख दल त्यो मिति नजिकिँदै गर्दा संविधानका अन्तर्वस्तुमा सहमति कायम गर्ने प्रयासस्वरुप घनीभूत छलफलमा जुटेका हुन् ।

संविधानका प्रमुख अन्तर्वस्तुमा देखिएका विवाद सुल्झाउने क्रममा पछिल्लो समय दलहरुको बैठकले निरन्तरता पाउँदै आए पनि निष्कर्षमा पुग्न सकेको छैन ।

दलबीच सङ्घीयता, शासकीय स्वरुप तथा निर्वाचन र न्यायप्रणालीमा मतभेद रहँदै आएको छ ।

सो मतभेद जनतामा भन्दा राजनीतिकस्तरमा अझ बढी झाङ्गिएको छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा प्रमुख दलहरु ती अन्तर्वस्तुमा देखिएका विवादलाई सहमतिमा रुपान्तरण गर्न कोसिसमा छन् ।