८ कार्तिक २०८३, आइतबार

संविधानसभा बैठक आज पनि बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICCकाठमाडौं, ३ माघ । संविधान सभाको बैठकमा आज पनि संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको असहमतिको प्रतिवेदनमा छलफल हुँदैछ ।

बिहान एघार बजेपछि बस्ने बैठकमा सभासदहरूले टिप्पणी गर्ने छन् । संवैधानिक समितिका सभापति बाबुराम भट्टराईले बुझाएको सो प्रतिवेदनमा शुक्रबारदेखि छलफल सुरु भएको छ ।

आज शनिबार सार्वजनिक विवाद भए पनि नयाँ संविधान जारी गर्ने समय आउन पाँच दिन मात्रै बाँकी रहेकाले बैठक बोलाइको संविधानसभा सचिवालयले जनाएको छ ।

छलफलमा भागलिन विपक्षी दल एमाओवादी र मधेसी मोर्चाका धेरै सभासदहरूले नाम टिपाएपछि बैठक लम्बिएको छ ।

छलफल सकिएपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रक्रियाअनुसार संविधान निर्माणको प्रक्रिया अघि बढाउन दवाव दिने बुझिएको छ ।