हेटौँडा, २ माघ । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज ४२७५ नंको टाटासुमो भीमफेदी–६ जुरीखेतमा शुक्रबार अपराह्न दुर्घटना हुँदा मृत्यु हुने सबैको सनाखत भएको छ ।
मृत्यु हुनेमा कैलाली घर भई नेपाली सेना सुर्खेत ब्यारेकमा कार्यरत प्यूठ डम्मरबहादुर राउत, हेटौँडा उपमहानगरपालिका–६ चौवडाका ३० वर्षीय नीराजन चौलागाईं, हेटौँडा उपमहानगरपालिका–२२ पदमपोखरीका २७ वर्षीया योगेश तामाङ, छतिवन गाविस–५ का आठ वर्षीया बालिका प्रतिमा घलान र छतिवन–७ का २२ वर्षीय सुमनकुमार राई रहेका छन् । राईको थप उपचारका लागि भरतपुर लैजाँदै गर्दा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते आठमध्ये एक बालकसहित पाँच जनालाई थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज पठाइएको र तीन जना समान्य घाइतेको हेटाँैडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस















प्रतिक्रिया