१ कार्तिक २०८३, आइतबार

आदिबासी जनजातिको जुलुसमा यसरी खनियो प्रहरी (फोटोफिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Janajati-Dharna-KTM

काठमाडौँ, २ माघ । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालद्वारा आज रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजित जनसभामा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरी हस्तक्षेपका कारण नेवाः स्वायत्त राज्य मङ्का सङ्घर्ष समितिका सचिवालय संयोजक मल्ल के सुन्दर, भरत पुर्जा, पासाङ शेर्पा, पवन लिम्बूलगायत सहभागी सामान्य घाइते भएका छन् ।

सभाको उत्तरार्धमा प्रहरीले एक्कासी हस्तक्षेप गर्दा सङ्घीय गणतान्त्रिक समाजवादी पार्टीका महासचिव टेकबहादुर तामाङ तथा अन्य दलका आशीष सुनुवार, सञ्जय राई, प्रेम बोराम, पवन गुरुङ, पुकार गुरुङ, सूर्यप्रकाश सुनुवारलगायत नौ जनालाई पक्राउ गरिएको आयोजकले जनाएका छन् ।

पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माण गर्नुपर्ने, गणतन्त्र र धर्म निरपेक्षतालाई संस्थागत गर्नुपर्ने, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेलगायत माग राखी विगत एक महिनाअघिदेखि विभिन्न चरणमा आदिवासी जनजातिले देशभर आन्दोलन गर्दैआएका छन् ।

जनसभामा राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधरले आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि कसको आदेशमा आक्रमण गर्न खोजिएको हो भन्ने प्रश्नको जवाफ नै नदिएर प्रहरीबाट आक्रमण गरिएको भन्दै त्यसको भत्र्सना गर्नुभयो ।

Janajati-Dharna-KTM6Janajati-Dharna-KTM4Janajati-Dharna-KTM3Janajati-Dharna-KTM1Janajati-Dharna-KTM1Janajati-Dharna-KTM2