१ कार्तिक २०८३, आइतबार

सुनसरी प्रहरीमा दलालको बिगबिगी, प्रहरीको दैलोमै ठगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police

इनरुवा, २ माघ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा केही दलालको बिगबिगी बढेको प्रहरी स्रोतले जनाएको छ

प्रहरीमा एउटै अनुहारका ८ देखि १० जनासम्म दैनिकजसो प्रहरी कार्यालयमा देखिने गरेको एक प्रहरी अधिकृतले जानकारी दिनुभयो ।

राजगन्ज सिनुवारीका दुईजना, इनरुवाका दुईजना, भोक्राहा र बबियाका एक–एकजनासहित ८ देखि १० जनासम्म दैनिकजसो प्रहरी कार्यालय सुनसरीमा देखिने गरेको ती प्रहरी अधिकृतले जानकारी दिनुभएको हो ।

प्रहरीमा मुद्दा मिलाइदिने, दर्ता गराई दिनेलगायतका बहाना देखाउँदै सर्वसाधारणलाई ठग्नका लागि ८ देखि १० जनासम्म दलाल बस्ने गरेको प्रहरी स्रोतको गुनासो छ ।

कोही दलका नेता त कोही पत्रकार मिलाइदिने नाममा दलाली गर्न र अवैध काम गर्न पल्केका ती प्रहरी अधिकृतको भनाइ छ ।

गाउँघरको सामान्य झै–झगडादेखि केटाकेटी भागेको र आपराधिक गतिविधिका मुद्दामा ती दलाल सक्रिय भएको र केहीले प्रहरीकै नाममा रकमसमेत असुली गरेको गुनासा आएको प्रहरीको दाबी रहेको छ । रासस