१ कार्तिक २०८३, आइतबार

एमालेले माघ ५ गते पार्टीको धारणा सार्वजनिक गर्दै, बृहत कार्यकर्ता भेला आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौं, २ माघ । नेकपा एमालेले माघ ५ गते बृहत कार्यकर्ता भेलामार्फत संविधान लेखनसम्बन्धी पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ ।

एमाले स्थायी कमिटीको शुक्रबारको बैठकले माघ ५ गते दिउँसो काठमाडौंमा बृहत् कार्यकर्ता भेला गर्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

संविधान निर्माणमा उत्पन्न नयाँ जटिलता तथा जनअपेक्षा अनुरूप संविधान निर्माण गर्ने सम्बन्धमा पार्टीको दृष्टिकोण सार्वजनिक गर्न आयोजित कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेताहरूले सम्वोधन गर्नुहुनेछ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्ष, कमलादीमा दिउँसो १२.३० बजे आयोजना हुने कार्यक्रममा अनिवार्य सहभागी हुन एमालेले उपत्यकाका सबै पार्टी कमिटी र सङ्गठित सदस्यहरू, सबै जनसङ्गठनका पदाधिकारी तथा सदस्यहरू तथा सबै सम्पर्क कमिटी र मञ्चमा आवद्ध पदाधिकारी तथा सदस्यहरूलाई आह्वान गरेको छ ।