काठमाडौं, २ पुस । सुनको मूल्य शुक्रबार फेरि बढेको छ ।
साताको अन्तिम दिन शुक्रबार तोलामा ५३ हजार तीनसय रुपैया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो । बिहीबार सुनको मूल्य प्रतितोला ५२ हजार दुई सय रुपैंया थियो ।
लामो समयदेखि ओरालो लागेको सुनको मूल्य अहिले निरन्तर बढिरहेको छ ।
सुनको मूल्यसँगै चाँदी पनि महँगिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भएको छ ।
















प्रतिक्रिया