विश्वास खड्काथोकी
काठमाडौ, २ माघ । भारतीय कम्पनी भे कमर्सीअल भेइकल्सले आयशर एक हजार र तीन हजार सिरिजको हलुका ट्रक नेपाली बजारमा भित्राएको छ ।
राजधानीको हायत रिजेन्सीमा बिहीबार पत्रकार सम्मेलको आयोजना गरी चार प्रकारको ट्रक सार्वजनिक गरिएको हो । भे कमर्सीअल भेइकल्स (भेकभ) को नेपालको लागि आधिकारिक बिक्रेता इष्टर्न मोटर्स प्रालिले नेपाली बजारमा ल्याएको ट्रकको भारवहन क्षमता ५ देखि १४ टनसम्म रहेको छ । उक्त ट्रकको मूल्य २१ देखि ४५ लाखसम्म पर्ने प्रालिका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । ‘इन्जिनमा युरो ३ मापदण्डको मेकानिकल पम्प जडित भएकाले थप शक्ति तथा तान्न सक्ने क्षमता प्रदान गर्दछ’, अध्यक्ष बतासले भने –‘दुई मिटर चौडा आधुनिक डिजाइनको सुन्दर क्याविन रहेको छ । यसले आरामदायी तथा सुविधाजनक यात्राको ग्यारेण्टी गर्दछ ।’ बजारमा ल्याएको उक्त आयशर माइलेजको वादशाह भएको पनि उनले दावी छ । निलो, रातो, खैर र सेतो रङको आयशर प्रो सिरिज ट्रकहरु ६ देखि १२ पांग्रा सम्मका छन् ।

कार्यक्रममा भेकभ इन्टरनेशनलका सिनियर भोवाइस प्रेसिडेन्ट इमानुअल ल्याभेसरले आयशरको नेपाल पनि एक प्रमुख वजार रहेको उल्लेख गर्दै भविष्यमा यो साझेदारीलाई निरन्तरता दिने बताए । ‘नेपाली बजारमा आयशरकोे बलियो उपस्थिति रहेकोमा हामी खुसी छौ’, उनले भने –‘यसलाई थप सुदृढ हासिल गर्न चाहन्छौ ।’ ४ सिलिण्डर इ ४९४ को सिआरएस इन्जिन भएको ट्रकमा ३.० इन्जिन म्यानेजमेन्ट सिष्टम जडित गरिएको पनि उनले जानकारी दिए ।
भेकभ इन्टरनेशनलका भोवाइस प्रेसिडेन्ट अनुराग बोहोराले नेपालको सम्बृद्धिमा टेवा पु¥याउने उद्देश्यले नेपालको भुगोल सुहाउदो सुविधायुक्त ट्रक ल्याएको बताए । ट्रकले ग्राहकको आम्दानीमा उल्लेखनीय बृद्धि गर्न सघाउ पु¥याउने उल्लखे गरे । उनले आफ्नो कम्पनीले विश्वमै सबैभन्दा बढी ट्रक, बस र इन्जिन उत्पादन गर्ने बताउँदै वर्षमा ४० हजार भन्दा बढी गाडी उत्पादन गर्ने गरेको जानकारी दिए । भेकभको उत्पादनमा भारतमै उच्च गुणस्तरीय इन्जिन प्रयोग हुने समेत उनको भनाइ छ ।
कार्यक्रममा ३ डी सिस्टमबाट नेपालमै पहिलोपटक आयशर सम्बन्धी भिडियो देखाइएको थियो । सार्वजनिक गरिएका ट्रकहरु अतिरिक्त शक्ति, टिकाउ र सुविधाजनक रहेको आयोजकले बताएको छ । आयशर तीन हजार ट्रकमा २.१ मिटर चौडाईको सुविधा र आरामदायी क्याबिन रहेको छ । भारतीय सुरक्षा मापदण्ड इसिआर २७ पूरा गरेर निर्माण गरिएको यस सिरिजमा चालकको आरामदायी यात्राको लागि ६ तर्फ समायोजन गर्न गरेर चालक सिटको व्यवस्थासहित निश्चित गतिमा निरन्तर गुडाउन सकिने प्रविधि जडित रहेको बताइएको छ ।
आयशर ट्रक तथा बसहरु कम इन्धन खपत हुने पहिचानका साथ विश्व बजारमै लोकप्रिय छ । उक्त कम्पनीको ट्रक दक्षिण एसिया, मध्य पूर्वी र अफ्रिकी मुलुकका बिभिन्न २२ देशहरुमा निर्यात गरिन्छ ।
















प्रतिक्रिया