काठमाडौं, २ माघ । सहमतिको नाममा एमाओवादी नेतृत्वको विपक्षी मोर्चा आन्दोलन चलाएपछि तनावमा रहेका कांग्रेस र एमालेले आज पनि आन्तरिक छलफल गर्दैछन् ।
काठमाडौंमा बस्ने बैठकमा संविधानका विवादित विषय र आजको संविधानसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने स्रोतले जनाएको छ ।
कांग्रेस र एमाले तथा एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले दैनिक सरह रणनीति बनाउँदै आएका छन् ।
विपक्षी मोर्चाले सहमतिमा संविधानभन्दै सडक र सदनबाट प्रतिकार गर्ने जनाएपछि कांग्रेस र एमालेले त्यसलाई चुनौतीका रुपमा लिएका छन् ।















प्रतिक्रिया