काठमाडौं, २ माघ । एमाओवादी र मधेशीसहितका विपक्षी दलहरुले आफ्नो सहमतिबिना संविधान निर्माण प्रक्रिया अघि बढ्न नसक्ने भन्दै त्यसो गरे प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले कांग्रेस, एमालेसहितको सत्तापक्षले बिना सहमति प्रक्रिया अघि बढाउन गरेको तयारी संविधानसभा नियमावली बिपरित हुने दावी गरेका छन् ।
संविधानसभाको संवाद समितिले पेश गरेका प्रतिवेदनमा छलफल हुने अघिल्लो दिन बिहीबार बसेको बिपक्षी दलको बैठकले कार्यब्यबस्था परामर्श समितिको निर्णयबिना प्रक्रिया अघि बढ्न नसक्ने ठहर गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । ।
संवाद समितिका सभापति बाबुराम भट्टराईले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले सहमतिको संभावना अझै देखाएको उल्लेख गर्दै संविधानसभामा त्यसमाथि छलफल सुरु भए पनि सहमति प्रयास जारी रहने बताए ।
कार्यब्यवस्था परामर्श समितिको निर्णयअनुसार संविधानसभा कसरी अघि बढ्छ भन्ने टुंगो लाग्नेछु उनले भने, सभामुख आफै कानुनबिद भएकाले संविधानसभा नियमावली बिपरित जानुहुन्छ जस्तो लाग्दैन ।
उनले नियमावलीमा प्रश्नावली बनाउने व्यवस्था संवाद समितिमा मात्र भएको र त्यसैका लागि अर्को समिति बनाउन नमिल्ने बताए ।
बहुमतीय प्रक्रियामा जाने हो भने पनि नियमावली अनुसारै जानु पर्ने हुन्छु उनको भनाइ छ ।
उनले बिगत जनआन्दोलनका सहयात्री दलहरूबीच सहमतिको विकल्प बन्द भए मुलुक संकटतर्फ लग्ने बताए ।
संवाद समितिको प्रतिवेदनमा छलफल अघि बढाउँदा पनि सहमति प्रयास जारी राख्नुपर्छ उनले भने ।















प्रतिक्रिया