१ कार्तिक २०८३, आइतबार

संविधानसभा भाँड्ने षड्यन्त्र : मन्त्री ज्ञवाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

???????????????????????????????

शिवलाल सुवेदी

गुल्मी १ माघ । उर्जा मन्त्री राधा ज्ञवालीले मुलुकलाई कसैले पनि बन्धक बनाउन नपाइने बताउनु भएको छ ।

सबै राजनीतिक दलहरुले निर्वाचनको समयमा एक बर्षभित्र सबिधान जारी गर्ने प्रतिबद्धता जनाएकाले सबिधान बनाउने कुरामा बिभिन्न बाहना निकालेर संविधानसभा भाँड्ने षड्यन्त्र भैरहेको उहाँले बताउनुभयो ।

माघे सक्रान्तिको अवसरमा रिडी मेलाको उद्घाटन गदै उर्जा मन्त्री ज्ञवालीले सके सहमतिकै आधारमा सबिधान निर्माण हुने यदि नभए प्रक्रियाबाट भएपनि संविधान निर्माण भएरै छाड्ने दाबी गर्नुभयो । साथै उहाँले पहिलो संबिधान सभाले सबिधान निर्माण गर्न नसकेर भएको यो सबिधान सभाको निर्वाचनले मुलुकमा जस्तो सुकै अवस्थामा भएपनि निकास निकाल्नु पर्ने समेत बताउनुभयो । अघिल्लो सबिधान सभा निर्वाचनको समयमा केही दिन मात्र आफू उर्जा मन्त्रालय सम्हालेर बाहिरिन परेको भन्दै मन्त्री ज्ञवालीले भन्नुभयो, “मैले पहिले नै यस क्षेत्रमा रहेको नौमुरे लगायतका बिद्यृत आयोजनाहरु रहेकाले उक्त आयोजनाहरु यस कार्यकालमा पूरा गर्नेछु ।” उहाँले रिडीलाई धार्मिक, साँस्कृतिक र पर्यटकीय रुपमा समेत विकास गर्नका लागि मन्त्री परिषदमा कुरा उठाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

पाप मोक्ष गर्नेको घुइँचो

यसैबीच, गुल्मी पाल्पा र स्याङ्गजा जिल्लाको संगमस्थल रिडीमा माघे सक्रान्ति मेला शुरु भएको छ । चारधाम मध्ये एक धामका रुपमा परिचित कालीगण्डकी किनार रिडीमा बिहीवारदेखि धार्मिक तथा साँस्कृतिक मेला शुरु भएको छ । धार्मिक क्षेत्र रुरुमा माघे संक्रान्ति मेलासगै गण्डक स्नान, श्रृषिकेश दर्शन तथा पुजाआजा गर्नेहरुको बिहीवार बिहानैदेखि मानिसहरुको भीड लागेको छ । कालीगण्डकी स्नान, श्रृषिकेश र रुरु कन्याको दर्शन गरेमा सम्पूर्ण पाप मुक्त भई मोक्ष प्राप्त हुने जनविश्वास छ ।