
काठमाडौँ, ३० पुस । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो केन्द्रीय कार्यालय स्थापनाका लागि जग्गा खरीद गरेको छ। एनआरएनले काठमाडौंको बालुवाटारमा तीन रोपनी जग्गा खरीद गरेको हो।
उक्त जग्गा प्रति आना २६ लाख ५० हजार रुपैयाँमा किनेको एनआरएनले बताएको छ । एनआरएनका अनुसार उक्त जमिन खरीदका लागि मात्र १२ करोड ७२ लाख रुपैयाँमा खर्च भएको छ ।
एनआरएनएले जारी गरेको विज्ञप्तीमा पनि अहिलेको अवस्थामा उक्त मूल्य स्थानीयस्तरमा चलेको मूल्य अनुसार राम्रो डिल भएको उल्लेख छ ।















प्रतिक्रिया