१ कार्तिक २०८३, आइतबार

अब एक हजार ८ सयमै काठमाडौँबाट सोलुससम्मको यात्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

138

सल्लेरी (सोलुुखुम्बु), ३० पुस । जिप अनुगमन समिति सोलुखुम्बुले सोलुखुम्बुदेखि सिधै काठमाडौँसम्म सञ्चालनमा रहेका जिप सेवाहरुको भाडा निर्धारण गरेको छ ।

उदयपुर र ओखलढुङ्गा जोड्ने सुनकोसी नदीको पुल सञ्चालनमा आएपछि विभिन्न यातायात व्यवसायी सङ्घ समितिले दिनहुँजसो भाडादर घटाउने होड नै चलाएको समाचार केही दिनयता राष्ट्रिय समाचार समितिले सम्प्रेषण गरेपछि समितिको संयुक्त बैठकले भाडादर निर्धारण गरेको हो ।

निर्धारण गरिएको भाडादरमा सोलुखुम्बु–ओखलढुङ्गा रु ६००, सोलुखुम्बु–घुर्मी रु एक हजार, सोलुखुम्बु–कटारी रु एक हजार ४०० र सोलुखुम्बु–काठमाडौँका लागि एक हजार ८०० रहेको अनुगमन समितिको संयोजक केवल रानामगरले जानकारी दिनुभयो ।
अनुगमन समितिले निर्धारण गरेको भाडादरमा कुनै पनि जिप सेवा समितिले बेवास्ता गरी तलमाथि गरेको पाइएमा अनुगमन समितिको निर्णय अनुरुप कारबाही हुने बताइएको छ ।

पछिल्लो समयमा सोलु–काठमाडौँ मार्गमा करिब आधा दर्जन यातायात व्यवसायी सङ्घले सेवा दिइरहेका छन् । यहाँ सिटी भिलेज यातायात सेवा समिति, दूधकुण्ड यातायात व्यवसायी सङ्घ, सल्लेरी यातायात, हिमगङ्गा यातायात, हलेसी यातायात, मध्यपहाडी यातायातलगायतका यातायात सङ्घ समिति सञ्चालनमा रहेका छन् । रासस