
काठमाडौँ, ३० पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैशाख वा जेठमा संविधान जारी गर्दा उपयुक्त हुने प्रस्ताव ल्याउनु भएको छ । बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
चार दलका एक दर्जन नेताका कारण माघ ८ मा संविधान जारी हुन नसकेको भन्दै उहाँले जिम्मेवारी पनि ती नेताहरुले नै लिनु पर्नेमा जोड दिनुभयो । उहाँले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताबारे जनमत संग्रहमा जान समेत माग गर्नुभयो ।
‘फागुन र चैतमा जनमत संग्रह गरेर वैशाख वा जेठमा संविधान जारी गर्नु उपयुक्त हुन्छ,’ उहाँले भन्नुभयो । सहमतिको औचित्य सकिएको उहाँको भनाई थियो । थापाले दुई तिहाइबाट संविधान जारी गर्ने कुराको समेत अस्वीकार गर्नुभयो ।
‘सबै भन्दा उपयुक्त विकल्प भनेकोजनमत संग्रह नै हो,’ उहाँले भन्नुभयो । उहाँले जनताको फैसला मान्न तयार रहेको भन्दै अन्य विकल्पबाट जवरजस्ती संविधान जारी गर्न खोजे त्यसलाई अस्वीकार गर्ने चेतावनी दिनुभयो ।















प्रतिक्रिया