१ कार्तिक २०८३, आइतबार

माघ ३ र ५ गते गर्ने भनिएको नेपाल बन्द किन भयो फिर्ता ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

???????????????????????????????

काठमाडौँ, ३० पुस । दैनिक जसो हुने गरेका बन्दबाट दिक्क भएका जनताले बन्दको प्रतिकार गर्न थालेपछि एमाओवादी लगायतका दलले बन्द कार्यक्रमलाई घटाएका छन् ।

एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धन र नेकपा–माओवादीले छुट्टाछुट्टै नेपाल बन्दको घोषणा गरेका थिए । पूर्व निर्धारित कार्यक्रम अनुसार एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले माघ ५ गते र वैैद्य नेतृत्वको माओवादीले माघ ३ गते नेपाल बन्दको घोषणा गरेका थिए ।

तर, दुबै मोर्चा र दलले गरेका बन्द कार्यक्रम फिर्ता गरि माघ ६ गते संयुक्त रुपमा नेपाल बन्द गर्ने निर्णय गरेका छन् । बुधबार प्रचण्ड, वैद्य र आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका संयोजक पदमरत्न तुलाधरबीच छलफल गरि संयुक्त रुपमा बन्द गर्ने सहमति भएको हो ।