काठमाडौं, ३० पुस । काठमाडौं पुस पशुपति क्षेत्र विकास कोषका घाट सेवाका कर्मचाीले मंगलबारदेखि अनिश्चितकालिन शव जलाउने काम रोकेका छन् ।
कर्मचारीले सेवा सुविधालगायतका ९ बुँदे माग राखेर काम रोकेपछि मलामी आफैले शव जलाएका छन् ।
कर्मचारीहरुले आफूहरुको जीवन विमा हुनुपर्ने,सञ्चयकोषमा रकम जम्मा हुनुपर्ने, उपदान र सुरक्षा लगायतका माग गरेका छन्।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले कर्मचारीहरुका केही माग पुरा गर्न कोष हरबखत तयार रहेको बताएका छन्।
पशुपति आर्यघाटमा पुगेका सर्वसाधारण मारमा परेको समचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।















प्रतिक्रिया