१ कार्तिक २०८३, आइतबार

गुल्मीमा दुर्घटनामा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिवलाल सुबेदी

गुल्मी, २९ पुस । गुल्मीको थानपति ८ पानिटँकीमा ट्याक्टर दुर्घटना हुँदा१ जनाको ज्यान गएको छ ।

रिडीबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ त ८०६३ नम्बरको ट्याक्टर मंगलवार साँझ पानीटकीमा दुर्घटना हुँदा जिल्लाको दरबार देबिस्थान ५ चारपाला का अन्दाजी ३२ बर्षका लक्ष्मण सुनारको मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा २ जना घाईते भएका छन । घाइतेहरुमा मृतक सुनारकी श्रीमती मसिना सुनार साथै चालक दुबिचौर ९ का अन्दाजी २२ बर्षका दिपक बस्नेत घाईते हुनुभएको छ । घाईते दुबै जनालाई उपचारका लागी पाल्पा मिसन अस्पताल लगिएको र घाईते दुबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका निमित्त प्रहरी प्रमुख अम्बिका प्रसाद गुप्ताले जानकारी दिनुभएको छ ।