१ कार्तिक २०८३, आइतबार

नेम्वाङको घोषणा : माघ ८ को सम्भावना टर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

subash-nembang1

काठमाडौँ, २९ पुस । संविधान आउला कि नआउला भन्ने कौतुहलता छाइरहेको बेला संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आउँदो माघ ८ गतेभित्र नयाँ संविधान जारी हुने सम्भावना निकैपर पुगेको बताउनुभएको छ ।

सिंहदरबास्थित आफ्नै कार्यकक्षमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले दलहरुबीच सहमति हुनाको साटो आपसी तिक्तता र चिसोपना बढेकाले अब संविधानसभामा प्रक्रियाका माध्यमबाट संविधान निर्माण प्रारम्भ हुने पनि बताउनुभयो । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई मंगलबार बिहानसम्म दिइएको अन्तिम समयसीमामा पनि संविधानका अन्तर्वस्तुमा सहमति नभएकाले तोकिएको समयमा संविधान ल्याउन कठिन हुने उहाँले स्पष्ट गर्नुभयो ।

आफूले अन्तर्वस्तुमा सहमति भएको अवस्थामा नियम निलम्बन गरेर छोटो प्रक्रियाबाट माघ ८ भित्र संविधान जारी गराउने प्रस्ताव गर्दा पनि दलहरु त्यसतर्फ गम्भीर नभएकाले अब संविधान, कानुन र प्रचलित अभ्यासबमोजिम प्रक्रिया अघि बढ्ने जानकारी उहाँले दिनुभयो ।