३० आश्विन २०८३, शुक्रबार

केराखेतीबाट करोडपति !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Banana-Kera

भीमदत्तनगर, २९ पुस । कामप्रतिको लगनशीलता र दृढ इच्छाशक्ति भएकै कारण कञ्चनपुरको देखतभुली गाविस–१ चान्देउका युवा किसान वीरबहादुर चौधरी छोटो समयमै लखपति हुनु भएको छ ।

अठार वर्षकै उमेरमा गाउँमा सानो छाप्रोमा रु १२ हजार लगानी गरेर किराना पसल थापेर व्यापारमा लागेका वीरबहादुर अहिले करोडसम्मको सपना देख्न थाल्नुभएको छ । आफूले गरेको मेहनतको प्रतिफल पाउनेमा उहाँ ढुक्क हुनु हुन्छ ।

तेइस वर्षकै उमेरमा केराखेतीमा लाग्नुभएका उहाँले अहिले चान्देउमा झन्डै पाँच बिगाहा खेतमा लाखाँैंको केराखेती गर्नुभएको छ ।

‘१० कट्ठा आफ्नै खेतमा केरा लगाएको छु ।’ वीरबहादुरले भन्नुभयो–‘साढे चार बिघा जति लिजमा लिएका छाँैं ।’ पाँच वर्षअघि स्थानीय विद्यालयको साढे चार बिगाहा जमिन भाडामा लिएर केराखेती सुरु गर्नुभएकोे उहाँले चार वर्षको अवधिमा रु २२ लाख नाफा कमाएको बताउनुभयो ।

‘सुरुमा स्कुलको जमिन चार वर्षका लागि भाडामा लिएका थियाँैं ।’ उहाँले भन्नुभयो–‘केरा खेतीबाट राम्रै आम्दानी भएपछि फेरी पाँच वर्षका लागि भाडामा लिएर केराखेती गरेका छाँैं ।’ कञ्चनपुरमै छोटो समयमा केरा खेतीबाट सफल किसानको परिचय बनाउनुभएका उहाँले पाँच वर्षमा रु एक करोडको केरा बिक्री हुने बताउनुभयो ।

‘पाँच वर्षमा एक करोड बराबरको केरा बिक्री हुन्छ ।’ उहाँले भन्नुभयो–‘त्यसका लागि रु ४५ लाखको हाराहारीमा लगानी लाग्दैछ ।’

मामाघर बसेर प्रविणता प्रमाणपत्र तह पास गरेर गाउँमा सानोतिनो व्यापार गदैै केराखेतीमा जमेका वीरबहादुरले व्यावसायिक रूपमै केराखेतीलाई लैजाने योजनासमेत बनाउनु भएको छ । सानैदेखि रोजगारी तथा मजदुरी गर्न विदेशिनु हुँदैन भन्ने मान्यता राख्ने वीरबहादुरले विदेशको भन्दा राम्रो आम्दानी केराखेतीबाट भइरहेको बताउनुभयो ।

‘विदेशको कमाई हाम्रै घर आगँनमा छ ।’ उहाँले भन्नुभयो–‘अब युवा कृषि पेशा तर्फ लाग्नु आवश्यक छ ।’ पढाइ बीचमै छाडेपनि चतुर स्वभावका उहाँले केरा गोडमेललगायतका काममा गाउँका २० जनालाई रोजगारी समेत दिनुभएको छ ।

‘पहिले बेरोजगार थिएँ ।, अहिले रोजगारी दिनसक्ने सम्म भएको छु ।’ उहाँले भन्नुभयो । केरा खेतीमा अन्य दुई युवालाई साझेदार बनाएर व्यासायिक खेती गर्दैआउनु भएका उहाँले केराबारीभित्रै खुर्सानी समेत लगाएर बिक्री गरिरहनु भएको छ ।

‘केरापनि राम्रै फस्टाएको छ ।’ उहाँले भन्नुभयो– ‘अहिलेसम्म नौ क्वीन्टल हरियो खुर्सानी बिक्री गरिसकेको छु ।’ ‘अहिले २८ वर्ष उमेर पुग्यो ।’ केराखेतीमा आफैं काम गरिरहनु भएको उहाँले भन्नुभयो–‘४० वर्ष पुग्दासम्म केराबाटै करोडपति हुन कसैले छेक्दैन ।’

चार वर्षमै मनग्य आम्दानी गरिरहनु भएको उहाँले केराबाट भएको फाइदाले अन्य सम्पत्ती समेत जोडेको बताउनुभयो । ‘चार वर्षे ठेक्कामा रु १६÷१७ लाख लगानी लागेको थियो ।’ वीरबहादुरले भन्नुभयो–‘खर्च कटाएर रु २२ लाख भन्दा बढी बचत भएको थियो । यो पटकको भाडामा पनि राम्रै आम्दानी हुनेमा उहाँ ढुक्क हुनुहुन्छ ।

भाडाबापत पहिलो सम्झौतामा उहाँले जग्गाधनी स्कुललाई रु दुई लाख ५१ हजार ५०० भाडाबापत बुझाउनुभएको थियो भने दोस्रो पटकको पाँच वर्षे सम्झौतामा रु दशलाख दिने सहमति गर्नुभएको छ ।

उत्पादित केरा डडेल्धुरा, धनगढी, महेन्द्रनगर, सुर्खेत, दाङसम्म खपत हुने गरेको उहाँले जानकारी दिनुभयो ।

बजारको कुनै समस्या हँुदैन, उहाँले भन्नुभयो । यहाँ इटालियन जी नाइन जातको केरा खेतीको सुरुवात समेत आफैंँले गरेको बताउँदै उहाँले कतिपय किसान केराखेतीका बारेमा प्रर्याप्त जानकारी नहुँदा थलासमेत परेको जानकारी दिनुभयो ।

‘यसका बारेमा जानकारी भएन र परामर्श लिएन भने किसान डुब्न सक्छ ।’ ‘यो खेतीका बारेमा हामी पनि परामर्श दिन्छौं ।’ पाँच वर्षमा चार बाली भित्रिने पनि जानकारी दिनु भयो ।

साढे चार बिगाहाको केरा खेतीमा मजदुरी लगाएर काम गराउने गरेको भए पनि वीरबहादुर आफ्नो जमिनमा लगाएको केराखेतीमा भने आफैं परिश्रम गर्नुहुन्छ । ‘काम गर्न लाज मान्नु हुँदैन ।’ खेतमा काम गरेर हातमा उठेका फोरा देखाउँदै उहाँले भन्नुभयो–‘आफँैले मेहनत गर्दा बचत पनि हुन्छ, उत्पादन पनि रामै्र हुन्छ ।’

उहाँले भन्नुभयो–‘कच्ची सडकका कारण बिक्री गर्न लैजान समस्या हुने देखेपछि केराखेती तर्फ आकृर्षित भएको हु ।’ केराको व्यावसायिक खेतीसंँगै कृषियन्त्रतर्फ पनि आफ्नो ध्यान गइरहेको बताउँदै उहाँले वैज्ञानिक खेती गर्न आवश्यक कृषियन्त्र पनि आवश्यकता अनुसार खरिद गर्ने योजना रहेको बताउनुभयो ।