
काठमाडौँ, २९ पुस । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले आर्थिक वर्ष २०७०÷७१ को मुनाफाबाट हाल कायम भएको ६५ करोड ८१ लाख २५ हजार चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीको ७२ औंँ सञ्चालक समितिको बैठकले १.५८ नगद लाभांश आफ्ना सेयरधनीलाई प्रदान गर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पिआर मिश्रले जानकारी दिनुभयो ।
मिश्रका अनुसार नगद लाभांश तथा बोनस सेयर बिमा समितिको स्वीकृति भई कर्पोरेसनको १३ आँैं वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण गरिने छ ।















प्रतिक्रिया