१ कार्तिक २०८३, आइतबार

गौर अस्पतालमा तिम्ल्याहा बच्चाको जन्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २९ पुस । रौतहटको गरुडा बैरिया गाविस–६ का एक महिलाले गएराति तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् ।

प्रसव पीडा सुरु भएपछि गौर अस्पताल पुर्‍याइएकी स्थानीय दिनेश साहकी ३० वर्षीया श्रीमती सरस्वतीदेवी साहले तीन छोरीलाई जन्म दिएको जिल्ला अस्पताल गौरले जनाएको छ । चौथोपटक गर्भवती भएकी सरस्वतीले तीन सन्तानको जन्म दिएको चिकित्सकले बताए ।

अत्यधिक रक्तश्रावका कारण ती महिलाको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज पठाइएको छ । रासस