काठमाडौँ, २९ पुस । बंगुर व्यवसायी संघ नेपालको आयोजनामा यही माघ १ गतेदेखि काठमाडौं भृकुटी मण्डपमा पोर्क महोत्सव हुने भएको छ । तीन दिनसम्म उक्त महोत्सवमा बंगुरका परिकार पोलेर, पकाएर वा सादेर खान पाइने संघका सल्लाहकार सल्लाहकार एलपी साँवा लिम्बूले जानकारी दिनुभयो ।
संघले महोत्सवको पूर्वसध्यामा पत्रकार सम्मेलन गरी महोत्सव तीन दिनसम्म चल्ने जानकारी दियो । ‘महोत्सवका साथमा दोस्रो बंगुरपालन व्यवसाय राष्ट्रिय कार्यशाला गोष्ठी पनि हुने छ,’ साँवाले भन्नुभयो ।
मुलु्कको बंगुरपालन, बंगु्रजन्य व्यवसाय तथा पोर्कको बजारीकरण प्रबद्र्धन गर्ने उदेश्यले यस्तो महोत्सव गरिएको संघले जानकारी दिएको छ । संघका उमेशकुमार राइले पोर्क महोत्सव र कार्यशालाबाट मुलुकमा बंगुरपालनलाई व्यावसीक रुपमा अगाडि बढाउन सहयोग गर्ने बताउनुभयो ।
मेला आयोजनबाट व्यवसायिक बंगुरपालनमा टेवा पुग्ने र आम नागरिकलाई बंगुरपालनको अवस्थाबारे जानकारी दिने उदेश्य आयोजनकले राखेका छन् ।
पशु सेवा विभाग अन्तर्गतको पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा. विमलकुमार निर्मलले मुलुकमा पछिल्लो समय बंगुरपालन व्यवसाय विस्तार भइरहेको बताउनुभयो ।
संघका महासचिव डिल्ली पौडेलले पहिलो पटक आयोजना भएको महोत्सवमा बंगुरको मासुका विभिन्न परिकारको स्वाद लिन सकिने बताउनुभयो ।
मेलामा ७० भन्दा बढी स्टल रहने भन्दै उहाँले बंगुरको मासुबाट बन्ने विभिन्न परिकारका स्टल राखिने बताउनुभयो । गोष्ठीमा दुर्इ सय किसान, व्यवसायी र सरकारी प्रतिनिधिको सहभागिता रहने संघले जनाएको छ ।
मुलुकभर ८५ हजार घरपरिवार बंगुरपालनमा रहेको सरकारी तथ्यांक छ । त्यसमध्ये १० प्रतिशत मात्रै व्यावसायीक बंगुर पालनमा रहेको महोत्सव मूल व्यवस्थापन समितिका सदस्य सचिव डा. प्रदिपचन्द्र भट्टराइले जानकारी दिनुभयो ।













प्रतिक्रिया