काठमाडौ, २९ पुस । एकीकृत नेकपा माआवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको आजको बैठक स्थगित नगरिए बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
अध्यक्ष प्रचण्डले आज बिहान संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई टेलिफोन गरी संविधानसभा बैठक स्थगित गर्न आग्रह गरेका हुन् । आफूहरुले बन्द आह्वान गरेको भन्दै प्रचण्डले बैठक बोलाए नआउने चेतावनी समेत दिएका छन् । पाँच वर्षको संविधानसभाको कार्यकालसम्ममा अहिलेसम्म बहिष्कार भएको छैन् । एमाओवादी नेतृत्वको मोर्चामा रहेका संविधानसभाका १९ दलले पनि बैठक बहिस्कार गर्ने जनाएका छन् ।
शान्तिपूर्ण प्रदर्शनका क्रममा सरकारले जनकपुरमा जयराम झाको हत्या गरेको भन्दै मोर्चा आवद्ध दलले पनि बैठकमा अडान लिएका हुन् । मधेश बन्दका क्रममा सोमबार एमाओवादी कार्यकर्ता झाको मृत्यु भएको थियो । आन्दोलनको प्रहरीको दमनमा झाको मृत्यु भएको आरोप लगाए पनि प्रशासनले भने अस्वीकार गर्दै आएको छ ।
आज विहान ११ बजेको लागि संविधानसभाको बैठक आब्हान गरिएको छ । बैठकमा एमाओवादी नेता डा. बाबुराम भट्टराई नेतृत्वको संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिको प्रतिवेदन पेश गर्ने कार्यक्रम यसअघि नै तय भएको थियो ।
















प्रतिक्रिया