१ कार्तिक २०८३, आइतबार

बन्दबाट काभ्रे पनि प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Banepa

बनेपा, २९ पुस । तीस दलीय मोर्चाले आह्वान गरेको ताम्सालिङ बन्दको प्रभावले काभ्रेपलाञ्चोक जिल्लाको जनजीवन पनि प्रभावित भएको छ ।

बन्दका कारण बनेपा र धुलिखेलबाट छुट्ने लामो तथा छोटो दूरीका कुनै सवारीसाधन सञ्चालन भएका छैनन् । आज बिहानदेखि काभ्रेका प्रमुख बजार बनेपा, धुलिखेल, पाँचखाल, दोलालघात, पनौतीलगायत स्थान ठप्प रहेका छन् ।

मोर्चामा संलग्न कार्यकर्ता केही ठाउँमा बन्द गराउँदै हिँडेको तर कुनै अप्रिय घटना नभएको काभ्रेपलाञ्चोककी प्रहरी उपरीक्षक पूजा सिंहले जानकारी दिनुभयो । अप्रिय घटना हुन सक्ने आशङ्कामा बिहानदेखि विभिन्न स्थानमा प्रहरी तैनाथ गरिएको छ ।