२९ आश्विन २०८३, बिहिबार

सशस्त्र प्रहरीले उठायो करिब ३५ करोड राजस्व

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepalpolice_902412077वीरगन्ज, २८ पुस । सशस्त्र प्रहरी मध्यक्षेत्रीय रुद्र बाहिनी पथलैयाले चालु आर्थिक वर्षको पुस २७ गतेसम्म विभिन्न सामानहरु बरामद गरी करिब रु ३५ करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।

कार्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक शैलेन्द्र खनालका अनुसार सशस्त्र प्रहरी रुद्र बाहिनी मुख्यालय पथलैयाले चालु आर्थिक वर्षको साउनदेखि पुस २७ गतेसम्म काठ, किराना सामान, मलखाद, लत्ताकपडा, विद्युतीय सामान, गाडी तथा सोका सामान, सुनचाँदी, अवैद्य मुद्रा, अवैद्य सुपारी तथा अवैध आयातित कुखुरा र अन्य गरी रु ३४ करोड ६९ लाख, रु पाँच हजार ५२५  राजस्व असुली गरेको हो ।

सबैभन्दा बढी सुन तथा चाँदीबाट रु १० करोड १८ लाख २० हजार ३८९ राजस्व सङ्कलन गरिएको सशस्त्र  नायब महानिरीक्षक खनालले बताउनुभयो ।

यसरी नै सो कार्यालयले अवैध रुपमा ल्याइएका काठबापत रु नौ करोड ६४ लाख ५३ हजार १११, किराना सामानबाट रु ५९ लाख ६६ हजार ८४५, मलखादबाट रु १२ लाख ६४ हजार ३८०, लत्ताकपडाबाट रु एक करोड १५ लाख ५१ हजार २५८ राजस्व सङ्कलन गरेको छ ।

यसैगरी चौपायाबाट रु ८२ लाख ९४ हजार ८४०, विद्युतीय सामानबाट रु १९ लाख ७७ हजार एक २४ विभिन्न गाडी र त्यसका पार्टपुर्जाबाट रु एक करोड ९९ लाख ४६ हजार ९९, अवैध मुद्राबापत रु ५९ हजार, सुपारीबाट रु नौ लाख ८३ हजार ९५५ तथा अन्य विभिन्न प्रकारका सामानबाट रु एक करोड ३४ लाख ३१ हजार ९२२ राजस्व सङ्कलन भएको सशस्त्र प्रहरी बल रुद्रबाहिनी पथलैयाले जनाएको छ  ।