१ कार्तिक २०८३, आइतबार

यदु स्मृति पत्रकारिता पुरस्कार नेपाललाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bal-Kumar-Nepal

काठमाडौं, २८ पुस । यसबर्षको यदु स्मृति पत्रकारिता पुरस्कार २०७१ बाट पत्रकार बालकुमार नेपाललाई प्रदान गरिएको छ ।

हत्या, हिंसा र दण्डहीनताको अन्त्यका निम्ति उहाँले कलम चलाएर गर्नुभएको योगदानवापत पुस ६ गते बसेको सिफारिस समितिको बैठकले उहाँलाई यस वर्षको फागुन २१ गते सहिद दिवसका अवसरमा नगद १५ हजार र प्रमाणपत्र सहित पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

पुरस्कार सिफारिस समितिका संयोजक सूर्य थापाको अध्यक्षता र सदस्य सचिव रामेश्वर बोहरा र सदस्य श्रीमती गौतमको बैठकले अन्नपूर्ण पोष्टका बरिष्ठ संवाददाता ४९ वर्षीय पत्रकार नेपाललाई पुरस्कृत गर्न सिफारिस गरेको हो । उहाँ विगत २० वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आउनुभएको छ । काठमाडौंमा क्रियाशील रहनुभएका पत्रकार नेपाल ओखलढुंगाको श्रीपुर–२ मा जन्मिनुभएको हो ।