म्याग्दी, २८ पुस । म्याग्दी महोत्सवका अवसरमा जिल्लाका नेवार समुदायले १२ वर्षपछि हनुमान नाँच प्रदर्शन गरेका छन् ।
नेपाल भाषा मङ्काः खलका कलाकारले महोत्सवका अवसरमा बेनीमा निकालिएको झाँकीमा उक्त नाँच देखाएका हुन् ।
२०५७ सालबाट छोडिएको नाच महोत्सवमा प्रस्तुत गरिएको नेपाल भाषा मङ्काः खल म्याग्दीका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
हनुमानको पुच्छर, जामा र दाँतको पहिरनमा सजिएर युवालाई समावेश गरी नाच देखाएको थियो ।
नेवार समुदायले परापूर्वकालदेखि नाच्दै आएको यो नाच भने जिल्लामा बाग्लुङबाट भित्रिएको पाइएको छ ।















प्रतिक्रिया