१ कार्तिक २०८३, आइतबार

शिविरमा सात गाविसका रोगीको उपचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चौतारा, २८ पुस । सिन्धुपाल्चोकको हगाम गाविसमा आयोजित दुईदिने स्वास्थ्य शिविरमा स्त्री रोगसम्बन्धी बिरामीको सङ्ख्या बढी देखिएको छ ।

गाविसमा सञ्चालित शिविरमा एक हजार १०० बिरामीको परीक्षण गर्दा सबैभन्दा बढी स्त्री रोगका बिरामीको सङ्ख्या बढी देखिएको हो ।

शिविरमा आसपासका जलवीर, सेलाङ, फुल्पिङकोट, घुम्थाङ, पाङताङसहित सात गाविसका रोगीका स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।

शिविरमा विशेषगरी स्त्री रोग, दाँत तथा सामान्य चिकित्सासम्बन्धी परीक्षण गरी उपचार गरिएको थियो ।

तामाङ समुदायको बाहुल्य रहेको उक्त क्षेत्रका महिलामा अधिकांशमा पाठेघर खस्ने समस्या देखिएकाले राजधानीको अस्पतालमा जानसमेत सल्लाह दिइएको छ ।

स्थानीय सर्वदलीय संयन्त्र तथा गाविसको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको गाविस सचिव ध्रुव थापाले जानकारी दिनुभयो ।

बौद्धस्थित स्तुपा सामुदायिक अस्पतालका चिकित्सक शुभेच्छा थिङको नेतृत्वमा १७ जना स्वास्थ्यकर्मीद्वारा सेवा उपलब्ध गराएको थियो ।