काठमाडौँ, २७ पुस । व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानव अधिकार समितिले अत्यावश्यक उपभोग्य वस्तु दूधको मूल्य वृद्धिबारे स्पष्टीकरण दिन कृषि मन्त्रीलाई बोलाउने निर्णय गरेको छ ।
आज बसेको समितिको बैठकमा सभासद्ले एकैपटक अत्यधिक रुपमा दूधको मूल्य वृद्धि गर्दा जनता महँगीको मारमा परेको धारणा राखेपछि कृषि मन्त्रीलाई बोलाउने निर्णय गरिएको समितिका सभापति सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लोपटक दूधमा प्रतिलिटर रु १० वृद्धि गरिएपनि सो रकम बिचौलियाका कारण कृषकले पनि नपाउने र उपभोक्ता पनि महँगीमा पर्ने भएपछि समितिमा यस विषयमा छलफल भएको हो ।
त्यसैगरी, बैठकमा सभासद्हरुले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन र मानव तस्कर भइरहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि सरकारलाई ठोस निर्देशन दिन पनि माग गरेका थिए ।















प्रतिक्रिया