१ कार्तिक २०८३, आइतबार

बेलायती सेना हुँ भन्दै ठगी गर्ने प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hathkadiपोखरा, २७ पुस । आपूmलाई बेलायती सेनाको जागिरे बताउँदै सोझासिधा युवतीलाई विवाह गर्ने प्रलोभन देखाउँंदै ठगी गर्र्ने साजन घले (गुरुङ) भन्ने प्रेमबहादुर सुनारलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज पक्राउ गरेको छ ।

स्याङ्जा जिल्लाको कोल्मा–४ घर भएका सुनारले पोखरेली साजन गुरुङ नामको फेसबुक आइडी बनाई फेसबुक प्रोफाइलमा बेलायती सैन्य पोसाक लगाएको तस्बिर राखेका थिए ।

पूर्व घर कास्की जिल्लाको घान्द्रुक भई हाल पोखरा–१० घलेचोकमा बस्दै आएको भन्दै उनले युवतीलाई विवाह गर्ने र विवाहपछि बेलायत लैजाने प्रलोभन दिने गरेका थिए ।

अभियुक्तले युवतीका अस्मितामा खेलवाड गर्ने र स्वयम्बरमा माइती पक्षका गरगहना लगाउन मिल्दैन गरगहना सबै घर पक्षबाट लगाउने हो भनी महिलाले लगाएका सुनका गरगहनासमेत खोल्न लगाई लुटी बेसहारा बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उनले कास्कीलगायत पर्वत, स्याङ्जा, बुटवल र चितवनका युवतीलाई समेत ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले सुनारविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएको छ । र