काठमाडौँ, २७ पुस । काठमाडौंका चर्चित क्याटरिङ व्यवसायी तथा उद्योगी बिएल शर्माको निधन भएको छ ।
थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा आज बिहान ४ः४५ बजे उहाँको निधन भएको छ । उहाँ मुुटुको समस्या भई अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँका श्रीमती र तीन छोरी हुनुहुन्छ । स्व शर्माको अन्त्येष्टि मंगलबार गरिने उहाँका व्यावसायिक साझेदार शिव सरावगीले जानकारी दिनुभयो ।
शर्मा अनमोल क्याटरिङ सर्भिसका प्रबन्ध निर्देशक हुनुहुन्छ । नेपालमा विसं २००७ देखि नै क्याटरिङ व्यवसायलाई संस्थागत गर्न उहाँको ठूलो योगदान रहेको छ । विभिन्न राजनीतिक दलले आयोजना गर्ने जलपान समारोहको आयोजना शर्माकै क्याटरिङ उद्योगबाट हुने गरेको छ । उहाँ पशुपति क्षेत्र विकास कोषका सदस्य पनि हुनुहुन्थ्यो ।
















प्रतिक्रिया